२०८२ मंसिर १, आइतवार , ०३:२२:१६ बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो ।“हिजो यो समयमा काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस थियो । आज चिसो बढेर तापक्रम ४ मा झरेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने ।चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने उनले बताए । रातको समयमा बादल नलागेका बेला मौसम चिसो हुने गरेको उनी बताउँछन् ।

“अब तापक्रम थप चिसो हुँदै जाने देखिएको छ,” उनले भने, “यो भन्दा पनि तापक्रम घट्नेछ ।”काठमाडौंमा आज दिउँसो मौसम सफा रहेनेछ । भोलि र पर्सि भने काठमाडौंमा बदली हुनेछ ।“भोलि र पर्सि भने काठमाडौंको मौसममा बदली हुनेछ,” रोजन भन्छन्, “माथिल्लो भागमा क्लाउडी भए पनि वर्षाको सम्भावना भने छैन ।”

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२