२०८१ पौष २६, शुक्रवार , ०८:५९:२३ बजे

Sajhamanch
'

‘महिलाको कोटामा पुरुष उम्मेदवार हुनुपनि हिंसा नै हो’ : केन्द्रीय सदस्य ढकाल

मङ्गलवार, मंसिर २५, २०८१

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले गठबन्धनका नाममा महिला माथि राजनीतिक हिंसा नगर्न राजनीतिक दललाई आग्रह गर्दै महिला र पुरुषलाई बराबरी भूमिका दिन माग गरेकी छन् ।

नेपाल महिला संघ झापाद्वारा मंगलादेवी सिंहको जन्मशताब्दीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महिला नेतृ ढकालले गठबन्धनका नाममा महिलालाई छुट्याइएका स्थानीय तहका अधिकांश कोटामा समेत पुरुषलाई उम्मेद्वार बनाएर राजनीतिक हिंसा गरेको दावी गरेकी हुन् ।

आगामी दिनमा संविधानमा उल्लेख भएअनुसार प्रमुख–उपप्रमुख सहितका सबै पदमा ३३ प्रतिशत स्थान सुरक्षित गर्न आग्रह गर्दै उनले महिलाले आफूभित्र भएको शक्तिलाई चिनेर अघि बढ्न आह्वान पनि गरेकी छन् ।

कार्यक्रमका अर्का वक्ता कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराइले मंगलादेवी सिंह सबैको प्रेरणाको स्रोत भएको बताउँदै आँट र हिम्मतका साथ अघि बढे महिलाले हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गर्नसक्ने बताइन् ।

अर्का वक्ता नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बैशाखसम्ममा भातृ संघ संस्थाको अधिवेशन सक्ने निर्णय केन्द्रीय समितिले गरिसकेको र निर्देशन समितिसमेत बनिसकेकोले अधिवेशनका लागि तयारी अवस्थामा रहन भातृ तथा शुभेच्छुक संघ संस्थालाई निर्देशन दिए ।

नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शर्मिला अधिकारीले शाब्दिक स्वागत तथा गीता ओडारी खरेलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर