काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ३२ अङ्कले घटेर दुई हजार ६६९ दशमलव ८२ विन्दुमा झरेको छ । अघिल्लो दिन हिजो पनि शेयर बजार १२ दशमलव ८४ अङ्कले घटेको थियो ।
आज व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादनसमूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।