२०८२ माघ ८ बिहिवार , ०६:२५:०४ बजे

Sajhamanch
'

यसवर्षको सरद ऋतुमा ६२५ जना पर्यटकले नेपालका हिमाल चढे

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । यसवर्षको सरद ऋतुमा ६२५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला ५४३ जना पुरुष गरी ६२५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अगष्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका ८७० जना र उनीहरुका सहयोगीसमेत गरी दुई हजार २४५ जना आरोहणमा गएका थिए ।

गएको वर्षको शरद ऋतुमा ८७ जना महिलासहित एक हजार १५८ जनाले नेपालमा हिमाल आरोहण गरेका थिए । यसवर्ष आरोहीबाट विभागले आठ करोड ५९ लाख ९७ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

गएको वर्षको शरद ऋतुमा सात करोड ८५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस वर्षको शरद ऋतुमा आठ जना पर्वतारोहीले ज्यान गुमाएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

मङ्गलवार, मंसिर २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर