काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। गत महिना आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेलेको टोलीमा एक परिवर्तन भएको छ। मनिषा उपाध्याय बाहिरिँदा अनु कडायतले मौका पाएकी छन्।
टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत छन्।
आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्यिनका हैसियतमा नेपाल एसिया कप खेल्दैछ।
प्रतियोगिता मंसिर ३० देखि पुस ७ सम्म युएईमा हुँदैछ। समूह ‘बी’मा नेपाल, भारत र पाकिस्तान छन्। नेपालले पुस १ मा पाकिस्तान र २ मा भारतको सामना गर्नेछ।