काठमाडौं । एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन् ।
२४ टिमलाई चार–चार समूहमा विभाजन गरिएको छ । एएफसीका अनुसार आउँदो मार्च २५ तारिखबाट शुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ ।
हरेक समूहको विजेता सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एशियन कपका लागि छनोट हुनेछ । नेपालले मार्च २४ मा मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।