२०८१ मंसिर २६, बुधवार , ०२:५०:४८ बजे

Sajhamanch
'

देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद पुगे रूस

सोमवार, मंसिर २४, २०८१

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ ।

रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको एक स्रोतलाई उद्धृत गर्दै असद र उनको परिवारलाई रूसले ‘मानवीय आधारमा’ शरण दिएको जनाएका छन् ।विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् ।

यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गरेको छ ।असद सिरियामा क्रूर शासनका लागि परिचित छन् । असदकै कारण २०११ देखि सिरियामा गृहयुद्ध सुरु भयो । गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ । गृहयुद्धले ल्याएको अस्थिरता चरमपन्थी समूह आईएसआईएसका लागि उर्वर बन्यो । गृहयुद्ध तन्किदा सिरियाबाट लाखौँ विस्थापित र शरणार्थी बन्न बाध्य भए ।

‘अरब स्प्रिङ’का दौरान सिरियामा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका जनताको आवाज राष्ट्रपति असदले सुनेनन् । शान्तिपूर्ण आन्दोलन दबाउन उनले दमनको बाटो रोजे । प्रजातन्त्रको माग गर्ने हजारौं मारिए र जेल पुगे । त्यसपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।
एजेन्सी

सम्बन्धित खबर