२०८१ पौष १, सोमवार , ०२:३२:१२ बजे

Sajhamanch
'

प्याब्सन कमलद्वारा साँस्कृतिक कार्यक्रम तथा सम्मान पुरस्कार वितरण

आइतवार, मंसिर २३, २०८१

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमलमा पालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

दुई दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिता गरिएको थियो भने दोस्रो दिन गायन तथा मोर्डन नृत्य प्रतियोगितामा गरिएको थियो । प्रतियोगिता कमल गाउँपालिका ६ स्थित साउथपोल एजुकेशन फाउण्डेसनको प्राङ्गणमा सञ्चालन गरिएको थियो ।

पहिलो दिनको नृत्य प्रतियोगिता अन्तरगत राष्ट्रिय नृत्यतर्फ निहारिका अंग्रेजी स्कूल, कमल–३ प्रथम, पाथीभरा बोर्डिङ स्कूल, कमल–२ दोस्रो र लालिमा बोर्डिङ स्कूल कमल–३ तेस्रो भएका छन् ।

त्यस्तै साँस्कृतिक नृत्यतर्फ पाथीभरा अंग्रेजी स्कूल, कमल–२ प्रथम, निहारिका बोर्डिङ स्कूल कमल–३ दोस्रो र लालिमा बोर्डिङ स्कूल कमल–३ तेस्रो भएका प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले जानकारी दिए ।

त्यसैगरी दोस्रो दिन सम्पन्न प्रतियोगिता अन्तरगत आधुनिक नृत्यतर्फ निहारिका अंग्रेजी स्कूल कमल–३ प्रथम, पाथीभरा बोर्डिङ स्कूल कमल–२ दोस्रो र साउथपोल एजुकेशनल फाउण्डेशन कमल–६ तेस्रो भए ।

गायन जुनियरतर्फ साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६ प्रथम, विद्यासदन बोर्डिङ स्कूल कमल–१ द्वितिय र निहारिका अंग्रेजी स्कूल कमल–३ तेस्रो भएका छन् । गायन सिनियरतर्फ फोनिक्स अंग्रेजी बोर्डिङ स्कूल कमल–४ प्रथम, साउथपोल एजुकेशनल फाउण्डेशन कमल–६ दोस्रो र निहारिका अंग्रेजी स्कूल कमल–३ तेस्रो भएका प्याब्सन कमलका सचिव गौतमले बताए ।

सो कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका शिक्षा यूवा तथा खेलकुल शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले प्याब्सनका हरेक गतिविधिले समग्र कमल गाउँपालिकाको शिक्षा क्षेत्रलाई अगाडि बढाउन ठूलो मद्धत पुगेको बताए । प्याब्सनले हरेक वर्ष सञ्चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापले विध्यार्थीभित्र भएको फरक क्षमतालाई पहिचान गर्न मद्धत पुग्ने उनको भनाई थियो ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, ६ नं. वडाध्यक्ष नरेन्द्र भट्टराई, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की, उपाध्यक्ष जनार्दन ढकाल, सचिव हरिकृष्ण पाठक लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा प्याब्सन कमलले सञ्चारकर्मीसहित विध्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्याब्सनले सञ्चालन गरेका हरेक गतिविधिलाई सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गरेर सहयोग गरेकोमा साझामञ्च डटकमका स्थानीय प्रतिनिधि उमानाथ भण्डारीलाई सम्मान गरिएको हो ।

यसैगरी, प्याब्सन कमलको सातौं साधारण सभामा घोषणा गरिएको एसईईमा उत्कृष्ट भएका दुईजना विध्यार्थीलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेहरुमा संस्थागत विद्यालयतर्फ २०८० को एसईई परीक्षमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका पाथीभरा बोर्डिङ स्कूल कमल २ का छात्र प्रसंङ्ग अधिकारी (जिपिए ३.९१) र निहारिका अंग्रेजी स्कूल कमल–३ की छात्रा कलिना खड्का (जिपिए ३.८७) लाई सम्मान गरिएको हो ।

सम्बन्धित खबर