२०८१ मंसिर २६, बुधवार , १०:४८:५२ बजे

Sajhamanch
'

भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको १८ रनको लक्ष्य अष्ट्रेलियाले कुनै पनि विकेट नगुमाई भेटाएको हो ।

पहिलो पारीमा १५७ रनले पछि परेको भारतले दोस्रो पारीमा १७५ रनमा अलआउट भएपछि अष्ट्रेलियाले जम्मा १८ रनको लक्ष्य पाएको थियो ।

दोस्रो पारीमा भारतलाई १७५ रनमा अलआउट गर्न अष्ट्रेलियाका प्याट कमिन्सले पाँच, स्कट बोलान्डले तीन र मिचेल स्टार्कले दुई विकेट लिए ।

यसअघि पहिलो पारीमा ट्रेभिस हेडको १४० रन मद्दतमा अष्ट्रेलियाले ३३७ रन बनाएको थियो । पहिलो खेल भारतले जितेको थियो, दोस्रो खेल अष्ट्रेलियाले जितेसँगै चार खेलको शृङ्खला एक÷एकको बराबरीमा आएको छ ।

सम्बन्धित खबर