२०८१ मंसिर २७, बिहिवार , ०४:३०:५९ बजे

Sajhamanch
'

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा छ विकेट गुमाएर१६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए ।

यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाडौंका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक/एक विकेट लिए ।

सम्बन्धित खबर