२०८१ मंसिर १९, बुधवार , १०:४४:४२ बजे

Sajhamanch
'

‘कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोस्ट भएका ६ हजारभन्दा धेरै भिडियो टिकटकले हटायो

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । टिकटकले ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट भएका ५ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।

हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेका थिए । मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूहसमेत छुट्याइएको उनले बताए।

टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ ।

यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनको भनाइ छ ।

कार्यक्रममा दक्षिण एशियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए। उनले विशेषगरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’बनाएको जानकारी दिए।

सम्बन्धित खबर