२०८१ मंसिर १९, बुधवार , १०:२२:५० बजे

Sajhamanch
'

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १२३ रनमै अलआउट गर्‍यो

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा अलआउट भयो ।

अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए ।

नेपाल र अफगानिस्तान दुवै टोली सान्त्वना जीतको खोजीमा छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

सम्बन्धित खबर