२०८१ मंसिर १९, बुधवार , १०:२२:३६ बजे

Sajhamanch
'

प्रधानमन्त्रीद्वारा चिनियाँ शहीदको स्मारकमा श्रद्धाञ्जली

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए ।

उनले मंगलबार बिहान समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता गरेका छन् । सो अवसरमा दुई देशबीच विभिन्न ९ बुँदामा सहमति र समझदारी भएको छ । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्देछन् ।

सम्बन्धित खबर