काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।
एमसीसी बहसका क्रममा यस अगाडि नेपाल आइसकेका लु दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण आजबाट एक हप्तासम्म गर्ने अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।
भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । नेपालमा दुई देशको सहयोग, वातावरण, महिला र दिगो विकासका मुद्दामा छलफल हुने बताइएको छ । नेपाली पक्षबाट भने भ्रमणको कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको सत्ताको अन्तिम समयमा लुको दक्षिण एसिया भ्रमण हुने भएको हो । आगामी जनवरी २० पछि बाइडेनको बहिर्गमन र ट्रम्पको आगमन हुँदैछ ।