२०८१ मंसिर १७, सोमवार , ११:१२:१७ बजे

Sajhamanch
'

काठमाडौं गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

सोमवार, मंसिर १७, २०८१

काठमाडौं । काठमाडौं गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो ।

खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।

३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमाडौंका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।

काठमाडौंको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।