२०८१ मंसिर १७, सोमवार , १०:१९:२५ बजे

Sajhamanch
'

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस, नेपालमा पनि मनाइँदै

सोमवार, मंसिर १७, २०८१

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । समसामयिक दासत्वका सबै रूपहरू पत्ता लगाउन, रिपोर्ट गर्न र उन्मूलन गर्न सबै एक हौँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । यस दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसङ्घ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

नेपालमा चन्द्र शमसेर राणाले १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका थिए । तर नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले चुनौति थपिएको छ ।

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो तथ्याङ्कअनुसार चार करोडभन्दा बढी मानिस विश्वभर आधुनिक दासताको शिकार बनेका छन् । आईएलओकाअनुसार आधुनिक समयमा पनि निकै धेरै मानिस दासतामा रहन बाध्य छन् । यस्ता श्रमिकमा महिला र बालबालिकाको सङ्ख्या धेरै छन् ।

सम्बन्धित खबर