२०८१ माघ ८, मङ्गलवार , ०२:५५:५७ बजे

Sajhamanch
'

कमलका शिक्षकलाई सात दिवसीय योगाभ्यास तालिम

आइतवार, मंसिर १६, २०८१

कमल । कमल गाउँपालिकाका शिक्षकहरुलाई आजबाट योग तालिम सुरु गरिएको छ ।

कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म हप्तासम्म सन्चालनमा हुने छ ।

गाउँपालिकामा रहेका सामुदायिक विध्यालयमा स्वास्थ्य शारीरिक विषय अध्यापन गराउने शिक्षकलाई लक्षित गरी तालिम आयोजना गरिएको पालिका शिक्षा शाखाले जनाएको छ ।

तालिममा सहभागी शिक्षकले तालिम पछि आ–आफ्ना विद्यालयमा गएर विध्यार्थीलाई योगाभ्यास गराउनु पर्ने तोकिएको छ । योगलाई सबै विध्यार्थी माझ पुर्याउन समेत यो तालिम सहयोगी बन्ने आयोजकको विश्वास छ ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सूर्यप्रसाद न्यौपानेले सहभागीहरुलाई तालिममा सक्रियरुपमा सहभागी भएर फाइदा लिन अनुरोध गरेका छन् ।

तालिममा गाउँपालिका भित्रका २१ वटा सामुदायिक विध्यालयका स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अध्यापन गराउने शिक्षक र नृत्य शिक्षकको सहभागिता रहेको शिक्षा शाखाका कर्मचारी रविन गौतमले बताए ।

तालिमा सहभागीलाई पतन्जली योग समिति झापाका मिडिया प्रभारी उमानाथ भण्डारी र कमल गाउँसमितिका अध्यक्ष त्रिलोचन गौतमले सहजीकरण गरिरहेका छन् ।

सम्बन्धित खबर