२०८१ मंसिर १६, आइतवार , १२:२३:०३ बजे

Sajhamanch
'

मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्नुस् : प्रकाशमान सिंह

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमन सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गरेका छन् ।

आईतवार बिहान उपप्रधानमन्त्री सिंहले पक्नाजोलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन । ०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो ।

मत हालेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताए।

उनले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरु नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गरे। उनले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गरे।

काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा (एमाले)बाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिष्पर्धामा छन् ।

सम्बन्धित खबर