२०८१ पौष २२, सोमवार , १०:०४:११ बजे

Sajhamanch
'

एनपीएल : विराटनगरले दियो जनकपुरलाई १२८ रनको लक्ष्य

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

विराटनगरले जनकपुरलाई १२७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा १२७ रनमा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान दुई विकेट लिए । जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गरिरहेको छ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण भइरहेको छ ।

सम्बन्धित खबर