२०८१ मंसिर २७, बिहिवार , ०१:०१:१३ बजे

Sajhamanch
'

गिरीबन्धु चिया बगानअगाडि बम राख्ने दुईजना पक्राउ

शनिवार, मंसिर १५, २०८१

बिर्तामोड । झापा बिर्तामोडको गिरीबन्धु टि इस्टेटअगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला का ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ शिवालय टोलका २० वर्षीय धीरज माझी रहेका छन् ।

घटना गराएको करिब अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन् । राजकुमारलाई उर्लाबारी चोकबाट पक्राउ गरिएको हो भने धीरज पथरीशनिश्चरेस्थित जाँतेरोड चोकबाट पक्राउ परेका हुन् ।

घटनापछि भागेका उनीहरुलाई सूक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड-६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टि स्टेट प्रालिको पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्देश्यले उनीहरुले कुकर बम राखेका थिए ।

नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन ? लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।

सम्बन्धित खबर