२०८१ पौष २७, शनिवार , ०३:२५:५९ बजे

Sajhamanch
'

मुख्यमन्त्री कार्कीद्वारा सताक्षीधाममा ८७ धाराको उद्घाटन तथा अतिथिगृहको शिलान्यास

बिहिवार, मंसिर १३, २०८१

शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको उद्घाटन तथा अतिथि गृहको शिलान्यास गरेका छन् ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व सतासी खोलाको तटमा ८७ वटै धारा बनाउने अवधाराणा अनुसार जनस्तरबाट सहयोग जुटाएर धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो । “शताक्षी” शब्दको अर्थ सय आँखा भएकी देवी हो । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्री शताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताए ।

नवनिर्मित धारा मुस्ताङ जिल्लाको मुक्तिनाथ धाममा भएको १०८ धारा पछिको दोस्रो भएको दावी गरिएको छ । सताक्षीधाममा आउने भक्तजनहरुले ८७ धारामा स्नान गरेर मन्दिरमा पूजा गर्नेछन् ।

यसैबीच सताक्षीधाममा अतिथि गृहको पनि आजै शिलान्यास गरिएको छ । उक्त अतिथि गृह तीन तल्लाको हुने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

अथिति गृह शिलान्यासको क्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग रहने बताए । तर अहिले यति नै रकम हुन्छ भन्ने चाहिँ हुँदैन । निर्माण समितिले सबै कागजी प्रकृया पूरा गरेपछि काम अघि बढ्ने उनको भनाई छ ।

यस्तै गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथि गृह निर्माण गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । ५१ कोठाको हुने अतिथि गृह भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्व सांसद तारासम योङ्या, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष उदयप्रकाश राईले गरेका थिए भने सचिव कालीप्रसाद रिजालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर