२०८१ मंसिर १३, बिहिवार , ०४:२५:२३ बजे

Sajhamanch
'

ताप्लेजुङको सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण सम्पन्न

बिहिवार, मंसिर १३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण कार्य सम्पन्न भएको छ ।

परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित साढे १३ मेगावाट बिजुली पर्सि शनिवारसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयाजनाले जनाएको छ ।

निर्माण सम्पन्न भएपछि गएको आइतवारदेखि परीक्षण उत्पादन भइरहेको थियो । जलविद्युत् र प्रसारण लाइनको परीक्षण सफल भएसँगै अब पर्सि शनिवार राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिएका छन् ।

विद्युतत् गृह रहेको रातेखोलाबाट ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत सुपर काबेली ए आयोजनाको बिजुली पाँचथरको दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनसम्म जोडिएको छ ।

स्नो रिभर्स लिमिटेडले २०७९ साल मङ्सिर २५ गतेदेखि सुपर काबेली ए जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको थियो । यो आयोजनाको कुल लागत दुई अर्ब ६३ करोड २५ लाख रुपैयाँ हाराहारी रहेको छ ।

सम्बन्धित खबर