२०८१ पौष २४, बुधवार , ०२:२९:२१ बजे

Sajhamanch
'

क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुरबाट एनपीएल खेल्ने

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेल्ने भएका छन् ।

२७ वर्षीय ठाकरलाई सातौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ । ठाकरले ३५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५१ रनसहित २९ विकेट लिएका छन् ।

जनकपुरले यसअघि इङ्गल्यान्डका बेन माइक, पाकिस्तानका शोएम मक्सूद, श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानकै मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो ।

जनकपुरको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण पर्सि शनिवारदेखि आउँदो पुस ६ गतेसम्म सञ्चालन हुँदैन । एनपीएलको उद्घाटन खेलमा शनिवार दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

सम्बन्धित खबर