अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको अधिकारीहरुले बताएका छन् ।
ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई मंगलबार र बुधबार बिहान धम्की आएको थियो ।धम्की आएपछि एफबीआई लगायतका सुरक्षा एजेन्सीहरुलाई सतर्क बनाइएको छ । साथै कुनै पनि परिस्थितिसँग जुध्नका लागि आवश्यक तयारी पनि गरिएको अधिकारीहरुले बताएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले आफ्नो घरमा बम आक्रमणको चेतावनी सहितको सूचना आएको बताएकी छन् । पति र तीन वर्षको छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा खतराको सूचना प्राप्त भएको उनले बताएकी छन् ।ट्रम्पले नियुक्त गरेका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिनलाई पाइप बम आक्रमणको धम्की प्राप्त भएको थियो ।यसैगरी महान्यायाधिवक्ताका दाबेदार म्याट गेट्जलाई पनि आक्रमणको धम्की आएको बीबीसीले जनाएको छ ।एजेन्सी