जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।
मंगलबार राति करिब ७ः३० बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।
टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।
आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।
क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।