२०८१ पौष २४, बुधवार , १०:४४:०९ बजे

Sajhamanch
'

१९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने टोलीलाई क्यानले बिदाइ गर्दै

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो ।

युवा टोली भोलि यूएई प्रस्थान गर्नेछ । आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।

मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ वटा देशले सहभागिता जनाउँदै छन् ।

सम्बन्धित खबर