२०८१ मंसिर १४, शुक्रवार , ०२:२६:३१ बजे

Sajhamanch
'

झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो ।

सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

यसैगरी जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आज मङ्गलवारदेखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ ।

यसअघि आवेदन गरिसकेका अर्थात बायोमेट्रिकसमेत भइसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगहरूमा पठाउन शुरू गरेको सूचनामा उल्लेख छ ।

मङ्गलवार, मंसिर ११, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर