२०८२ पौष २८ सोमवार , ११:५४:५६ बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२