२०८१ मंसिर ९, आइतवार , ०४:०६:१९ बजे

Sajhamanch
'

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

सम्बन्धित खबर