२०८१ पौष २५, बिहिवार , ०३:३४:४८ बजे

Sajhamanch
'

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय जफरलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ ।

जफरले सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने पहिलो खेलाडी हुन् ।

सन् २०२१ को नोभेम्बरमा पनामासँगको खेलमा उनले ४ ओभरमा १ रन पनि नदिई २ विकेट लिएका थिए । जफरले ४९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३९० रन बनाउँदै ५५ विकेट लिएका छन् ।

लुम्बिनीले यसअघि इङ्गल्यान्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाबाट क्रिकेट खेलिरहेका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

सम्बन्धित खबर