मोरङ । मोरङमा बिहीबार बिहान मानव कंकाल फेला परेको छ ।
टाउको, खुट्टा,हातलगायतका मानव अंग छरपस्ट अवस्थामा बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल भेटिएको पुष्टि गरे ।
उबेदा खातुनले लगाएको धान खेतमा कंकाल देखेपछि धान काट्न गएकाहरुले प्रहरीलाई खबर गरेका थिए ।