२०८२ भदौ ११, बुधवार , ०८:१५:१५ बजे

Sajhamanch
'

ताप्लेजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

बिहिवार, मंसिर ६, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ ।

ताप्लेजुङ मैवाखोला गाउँपालिका–३ की साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार स्कुलबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो ।

बालिकाको शव पोस्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले बताए । यो गाउँमा दुई वर्षअघि पनि यस्तै तरिकाले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर