२०८१ पौष २५, बिहिवार , ०२:४७:०२ बजे

Sajhamanch
'

‘किङ अफ क्ले’ राफेल नडालले सन्न्यास लिए

बुधवार, मंसिर ५, २०८१

झापा । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग हार्न पुगे ।

टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नडालले २० वर्षको आफ्नो करियरमा राम्रो समय र खराम समयमा पनि आफूलाई प्रोत्साहित गरेको भन्दै समर्थकलाई धन्यवाद दिए ।

नडाललाई ‘किङ अफ क्ले’ मानिन्थ्यो । यद्दपि उनले सबैखाले कोर्टमा उपाधि जितेका छन् । नडालले १४ पटक फ्रेन्च ओपन जितेका छन् । उनले रोल्यान्ड गेरोसमा खेलेको ११६ महत्त्वपूर्ण खेलमा ११२ खेल जितेका छन् ।

पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्नेमा सर्बियाका नोभाक जोकोभिच छन् । जोकोभिचले २४ पटक ग्रान्ड स्लाम जितेका छन् ।

२२ पटक ग्रान्ड स्लाम जितेका राफेल नडाल दोस्रो स्थानमा छन् । यस्तै स्विट्जरल्यान्डका रोजर फेडेरेर २० पटक ग्रान्ड स्लाम जित्दै तेस्रो स्थानमा छन् ।

सम्बन्धित खबर