२०८१ पौष १३, शनिवार , ०१:५९:५२ बजे

Sajhamanch
'

नेप्से सामान्य बढेको दिन विकास बैंकमा लगानीकर्ताको आकर्षण

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । हिजो ५१ अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभरको उतारचढावबीच नौ दशमलव शून्य नौ अङ्कले बढेर २ हजार ७११ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै साढे १० अर्बको शेयर कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा किनबेच भयो ।

सम्बन्धित खबर