२०८१ मंसिर ५, बुधवार , ०१:५४:५२ बजे

Sajhamanch
'

सभामुख घिमिरे कम्बोडिया जाँदै

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आइपिटिपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको बताए।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ।

सम्मेलनमा १०० भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्।

सम्बन्धित खबर