बिर्तामोड। विश्ववजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु हिजोदेखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ ।
भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि आधिकारीक विक्रेता मारुती आइरन एण्ड टिम्बर प्रा.ली.बिर्तामोडले पाएको छ ।
उक्त कम्पनीले हिजो देखि कोशी प्रदेशमा व्यवसायीक कारोवार शुरु गरेको छ । नेपालमा यसको आधिकारीक विक्रेताको जिम्मेबारी भने काठमाडौंमा रहेको ट्राईनोक्स कम्पनीले पाएको छ।
ट्राईनोक्स कम्पनीका संचालक सुजित माधोगरिया र प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले हिजो एक कार्यक्रमका विच बिर्तामोडका साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेशमा डिलरहरु मार्फत विक्री वितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको मारुती आइरन एण्ड टिम्बर प्रा.ली. कम्पनीलाई सामान हस्तान्त्रण गरेर व्यवसायीक कारोवार शुरु गरिएको हो ।
SATO ब्राण्डले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको छ। भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ। टाँस्ने र जोड्ने उत्पादनको पर्याय बनेको साटो ब्रान्ड बजारमा विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको छ।
अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरू सुनिश्चित गरेको छ। अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, SATO ले नयाँ चिपकने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले बताए।
साटोले उद्योगका नयाँ प्रवृत्तिहरू र ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने उदेश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउदै लगेको शर्माको भनाई छ। ट्राईनोक्स कम्पनीले यस अघि घटस्थापनाको अवसर पारेर काठमाडौं तथा विरगंजमा व्यवसायीक कारोवार शुरु गरेको थियो।
SATO को उत्पादन श्रृंखलामा विभिन्न प्रकारका चिपकने सामग्रीहरू समावेश छन्, जसमा ARC YLO, XTREMe, OCEAn, ELITe, DELUXe जस्ता उच्चगुणस्तरीय वुडएड हेसिवहरू रहेका छन् ।
यी उत्पादनहरू विशेषरू पमा टिकाउ, जल प्रतिरोधी, र सह जप्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम बनाउँछ ।
क्रसलिङ्किङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्दछ, २५ अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड़र टिकाउ पन प्रदान गर्छ, उच्च कभरेज लेकम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रदर्शन गर्छ, चाडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउँछ, रडी प्रमाणिकरणले जल प्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका संचालकले जानकारी दिए ।
गुणस्तरमा कडा नियन्त्रणका साथ, उत्पादनको हरेक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्याङ्कन सम्म SATO ले उच्च गुणस्तरीय परीक्षणहरू गरिरहेको छ । ISO प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाण पत्रहरू समेत प्राप्त गरेको कम्पनीका संचालक सुजित माधोगरियाले बताए ।