
झापा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रुखले थिचेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ११ः४५ बजे महालक्ष्मी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय जनक राना मगर सोही वडाको बतासे टोलमा रुख काट्ने क्रममा रुख लडेर उनलाई थिचेको थियो ।
रुखले थिचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।