
काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल रद्द भएको छ । पाल्लिकेलेमा हिजो भएको खेल वर्षाका कारण पुरा हुन नसकेपछि रद्द भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २१ ओभरमा १ विकेट गुमाएर ११२ रन बनाउँदा खेल रोकिएको थियो । तीन खेलको शृङ्खला घरेलु टोली श्रीलङ्काले यसअघि नै २–० ले जितिसकेको थियो ।
गएको बुधवार भएको पहिलो खेलमा न्युजिल्याण्ड डीएल पद्धतिमा ४५ रनले र आइतवार भएको दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो ।