२०८१ पौष २५, बिहिवार , ११:५२:४८ बजे

Sajhamanch
'

अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् ।

त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ । घरेलु मैदानमा उसका लौटरो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै चीनलाई हराउँदै जापान विश्वकप छनोट नजिक पुगेको छ । एशियाली छनोट अन्र्तगत आज बिहान चीनको सिमेनमा भएको खेलमा जापानले चीनलाई ३–१ गोलले हरायो । जापान समूह ‘सी’ मा छ खेलमा १६ अङ्कका साथ पहिलो स्थानमा छ ।

समूह ‘सी’ को इन्डोनेसियाले साउदीलाई २–० गोलले हरायो । यस्तै इरानले किर्गिस्तानलाई ३–२ गोलले हराएको छ । इरान समूह ‘ए’ मा छ खेलमा १६ अङ्कसहित शीर्षमा स्थानमा छ ।

समूह ‘बी’ मा शीर्ष टोली दक्षिण कोरियाको छ खेलबाट १४ अङ्क छ । दक्षिण कोरियाले प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको छ ।

सम्बन्धित खबर