२०८१ पौष १३, शनिवार , ०३:४४:३० बजे

Sajhamanch
'

राष्ट्र बैंकको रिपोर्ट : मूल्यवृद्धि घट्यो

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । गएको असोज महिनामा मुल्यवृद्धि घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति साढे ७ प्रतिशत रहेको थियो ।

यस्तै असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको असोजमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ८ दशमलव ४८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको थियो ।

यो वर्षको असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५७ प्रतिशत र घपय तथा तेलको ४ दशमलव ९८ प्रतिशतले बढेको छ ।

सम्बन्धित खबर