२०८१ पौष १३, शनिवार , १२:३८:२५ बजे

Sajhamanch
'

विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार यो अवधिमा विदेशीले नेपालमा गर्ने खर्च साढे तीन प्रतिशतले बढेर १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै नेपालीले विदेशमा गर्ने खर्च पनि झन्डै आठ प्रतिशतले बढेर ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै विदेशमा पढ्नका लागि ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खबर