२०८१ पौष १४, आइतवार , १२:०५:३५ बजे

Sajhamanch
'

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने घटे

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार ५०० जना रहेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै सात हजार जनाले कम हो ।

सम्बन्धित खबर