
झापा । खोटाङमा इनारमा लडेर एकजनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ बजे खोटाङ हलेसी तुवाचुङ– ३ रुपाटार बस्ने अन्दाजी ६३ वर्षीय गणेशबहादुर बस्नेतको सोही ठाउँमा रहेको इनारमा लडेर मृत्यु भएको हो ।
प्रहरी चौकी च्यास्मिटारमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएर कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको जनाइएको छ ।