मोरङ । विराटनगरको दुई वटा पसलमा आगलागी भएको छ । सोमबार साँझ साढे ६ बजे विराटनगर– ७ स्थित मालपोतको कम्पाउन्डभित्रको घुम्तीमा सञ्चालन गर्दै आएका अमित साह चिया पसल र सँगै रहेको सुमन कार्कीको फोटोकपी पसलमा आगलागी भएको हो ।
कार्कीको फोटोकपी पसलमा लाइन सर्ट भई आगलागी भएको थियो । आगलागीबाट पसलभित्र भएका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट सुमन कार्कीको दुई थान ल्यापटप , एक थान फोटोकपी मेसिन ,अमित शाहको ग्यास सिलिन्डर (पड्केको) र फर्निचरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगो स्थानीय , महानगरको दुई वटा दमकल र नेपाल प्रहरीको सहयोगमा साँझ ७ बजे नियन्त्रणमा आएको थियो ।