२०८१ मंसिर ४, मङ्गलवार , ११:०२:४७ बजे

Sajhamanch
'

यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेले, स्पेनले स्विट्जरल्यान्डलाई हरायो

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेलेका छन् । यो नतिजासँगै क्रोएशिया क्वार्टरफाइनलमा पुगेको छ ।

पोर्चुगलका लागि खेलको ३३ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे । क्रोएशियाका ओस्को ग्वार्डियोलले खेलको ६५ औँ मिनेटमा बराबरी गोल गरे ।

समूह ‘ए’ मा पोर्चुगल १४ अङ्कका साथ शीर्ष र क्रोएशिया ८ अङ्कका साथ दोस्रो स्थानमा छ । पोर्चुगल यसअघि नै क्वार्टरफाइनलमा पुगेको थियो । यही समूहको अर्को खेलमा स्कटल्यान्डले पोलान्डलाई २–१ गोलले हरायो ।

त्यस्तै समूह ‘डी’ को स्पेनले स्विट्जरल्यान्डलाई ३–२ गोलले हरायो । यसै समूहको अर्को खेलमा सर्बिया र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।