
काठमाडौं । ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर नेपाली राष्ट्रिय टोली हिजो बेलुका स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे । ताजकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डो अन्तर्गत भएको खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो ।
नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो भने अर्को खेलमा अफगानिस्तानलाई २–० गोलले हराएको थियो ।