२०८२ कार्तिक ३०, शनिवार , ०१:०४:३५ बजे

Sajhamanch
'

स्थानीय तह उपनिर्वाचन :आज उम्मेदवारको नामावली प्रकाशन

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन्।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२