काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो ।
नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए । ‘बजार बन्द हुने सूचना हामीले वेबसाइटमा राख्नेछौं’ उनले भने ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।