
काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्यूजिल्याण्डबीचको दोस्रो एकदिवशीय खेल आज हुँदैछ । यो खेल पाल्लिकेमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ ।
गएको बुधवार भएको पहिलो खेलमा न्यूजिल्याण्ड डीएल पद्धतीमा ४५ रनले पराजित भएको थियो । शृङ्खला जोगाइराख्न न्यूजिल्याण्डलाई आजको खेल जित्नुपर्ने दबाव छ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवशीय खेल पर्सि मङ्गलवार हुनेछ ।