२०८१ माघ ३, बिहिवार , ०६:१५:१४ बजे

Sajhamanch
'

बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ ।

यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन बैंकहरू निक्षेप सङ्कलन कम गर्न खोजिरहेका छन् ।

उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले पैसा तान्ने क्रम पनि बढेको छ ।

मङ्सिरका लागि २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर एक प्रतिशत घटाएको छ ।

आठ वटा वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय बाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीको ब्याजदर पाँच दशमलव आठ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ ।

सम्बन्धित खबर